‘पण्डित बाजेको लौरी’ को आइटम गीतमा छल्कियो सन्ध्याको जवानी (भिडियो)

काठमाडौं–
अधृत फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्म ‘पण्डित बाजेको लौरी’ को आइटम गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा सार्वजनिक गरिएको ‘चोली तुना’ बोलको गीतमा अभिनेत्री तथा भिजे सन्ध्या केसी फिचर्ड छिन् । सन्ध्यासँगै मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी लगायत कलाकारलाई समेत गीतमा देख्न सकिन्छ ।

कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा मिना निरौला र श्रीकृष्णले आवाज दिएका छन् । विक्रम स्वाँरले यो भिडियोमा कोरियोग्राफीको जिम्मेवारी सम्हालेका छन् । निर्देशक दीपक ओलीको निर्देशन तथा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको ‘पण्डित बाजेको लौरी’ मा एउटा सानो गाउँमा पण्डित्याईको भिन्न–भिन्न काम गर्ने पण्डितहरुको कथा प्रस्तुत गरिएको छ । फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ । यसमा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदिनी’ को भूमिकामा देखिएका छन् । बादी जातीको कथालाई पनि प्रस्तुत गरिएको फिल्ममा तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई यसमा देखाउन खोजिएको छ । साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा महेश दवाडीको कथा, पटकथा र संवाद रहेको छ । त्यस्तै, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video