यस्तो बन्यो ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलर (भिडियो)

काठमाडौं–
विकाश बस्याल निर्देशित फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ कोट्रेलर सार्वजनिक भएको छ । अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी स्टारर फिल्मको एकदमै कलरफूल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा देखिएको दृश्यलाई हेर्ने हा भने निकै उच्च तहको मेकिङ पाउन सकिन्छ ।
मनिष र मलिनाबीचको प्रेम र विछोडको कथा ट्रेलरमा देखाइएको छ । यसअघि फिल्म ‘रानी’ मा सँगै काम गरिसकेको यो जोडीलाई यो फिल्ममा लभस्टोरी कथामा पर्दामा उतारिएको छ । निर्देशक बस्यालकै कथा रहेको यो फिल्ममा मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेका छन् भने कार्यकारी निर्माता प्रकाश बाँस्कोटा तथा विना कार्की सह–निर्मात्री रहेका छन् ।
ट्रेलर रिलिज कार्यक्रममा उपस्थित अभिनेता मनिष र अभिनेत्री मलिना दुवैले फिल्म सरल लभस्टोरीमा निर्माण भएपनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने जिकिर गरे ।

माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यो फिल्ममा मनिष र मलिनाका अलवा स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको छ । रोशन श्रेष्ठले द्वन्द्व रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । त्यस्तै, रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । निर्देशक बस्यालको निर्देशकिय हिसावले पहिलो फिल्म रहेको यो फिल्म असार ८ देखि प्रदर्शनमा आउने भएको छ ।

ट्रेलर हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video