सिनेमा हलमा तीन फिल्मको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं–
फ्राइडे रिलिज अन्तर्गत आजदेखि सिनेमा हलमा तीन नेपाली फिल्म प्रवेश गरेका छन् । फिल्म ‘बेबि आई लभ यूु’, ‘अमेरिका बोइज’ तथा ‘हरी’ एकैसाथ प्रदर्शनमा आएका हुन् । यी फिल्मलाई क्रमशः जनक पाण्डे, प्रवेश पौडेल तथा सफल केसी/प्रतीक गुरुङले निर्देशन गरेका हुन् । यी तीन फिल्मको हलमा तिव्र व्यापारिक प्रतिस्पर्धा हुने देखिएको छ ।

‘बेबि आई लभ यू’ मा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायत कालाकारको मुख्य अभिनय रहेको छ भने सुरज आचार्यको छायांकन रहेको छ ।
लिची इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको फिल्मलाई शिव न्यौपानेले निर्माण गरेका हुन् भने सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् । यो पूर्ण रुपमा लभस्टोरी जनरामा निर्माण भएको फिल्म हो । फिल्मले सन्तोष र पूजाबीचको प्रेम र विछोडको कथा बोल्छ ।
फिल्म ‘अमेरिका बोइज’ मा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायतको अभिनय छ । यस्तै, सस्पेन्स कमेडी विधामा बनेको फिल्म ‘हरी’ मा बिपिन कार्की, थिन्ले ल्हामो, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकनाथ आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video