नाम जस्तै रमाईलो फिल्म ‘अमेरिका बोइज’, हाँस्दा हाँस्दै रोएको पत्तै हुँदैन

काठमाडौं–
प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ आजबाट प्रदर्शनमा आएको छ । आज फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म प्रदर्शनमा आएका हुन् । करिब २ घन्टा १० मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ । हिरा र चिठ्ठा परेको टिकट फिल्मको मुख्य कथा हो । फिल्ममा अमेरिकाको डीभी पर्‍यो भनेर घरबाट ३–३ लाख रुपैयाँ मगाएर काठमाण्डौमा मोज गर्ने ३ यूवाको कथालाई बेजोड रुपमा प्रस्तुत गरिएको छ । वास्तवमा फिल्ममा पस्किएका मसलाले दर्शकले फिल्म हेरुन्जेल कही कतै दिक्क र अल्छी मान्ने दृश्य भेटिदैन ।

कमेडी जनरामा निर्माण भएको फिल्मले दर्शकलाई हँसाउदा हँसाउदै कुनबेला रुवाउछ पत्तै पाईदैन । फिल्ममा मुख्य गरेर यूवाहरुले भोगेको पीडा र गलत काम गर्दा बेहोर्नु पर्ने समस्यालाई समेट्ने प्रयास गरिएको छ । तर, जब, दर्शक फिल्म हेरेर बाहिरिन्छन् उनीहरुले फिल्ममा नयाँ कुरा के पाए भनेर सोच्दा खासै भेट्टाउने कुरा भने केही देखिदैन । यद्यपि, फिल्म हेरुन्जेल दर्शकलाई बीचैमा उठेर जाउ भन्ने अवस्था कही कतै देखिदैन ।

‘अमेरिका बोइज’ जस्तो नाम उस्तै रमाइलो फिल्म हो भन्दा अतियुक्ति नहोला । फिल्ममा अर्पण थापा, अभय बराल, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की, आशिष प्रसाइ मुख्य भूमिकामा छन् ।यो फिल्ममा अर्पण, अभय र आशिषले फिल्मलाई पुरै लिगमा राख्न सफल देखिन्छन् । नायक अर्पण थापाले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन् । यो चलचित्र हेरिसकेपछि दर्शकलाई अर्पण थापा मात्र याद आउँछन् । उनले सुरुदेखि अन्त्यसम्म चलचित्र बोकेका छन् । उनको संवाद बोल्ने शैली र अभिनय उत्कृष्ट छ । अभय र आशिष पनि आफ्नो भूमिकामा जमेका छन् । कमेडी जनरा भएकाले पनि होला फिल्ममा कमेडी उत्कृष्ट छ । फिल्ममा दुई अर्थी लाग्ने शब्दहरुको प्रयोग अधिक भएको छ । कतिपय शब्दहरुमा सेन्सर बोर्डकै ध्यान नपुगेको जस्तो पनि देखिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video