‘छक्का पञ्जा ३’ बाट के कारण बाहिरिए पुष्प खड्का ?

काठमाडौं–
पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता पुष्प खड्काले ‘छक्का पञ्जा ३’ बाट हात झिकेका छन् । हाल छायांकन भैरहेको यो फिल्ममा खभिनेता खड्का मुहूर्तको अघिल्लो दिन मात्रै अनुबन्धित भएका थिए । अभिनेता खड्का निकट स्रोतले दिएको जानकारी अनुसार आफ्नो भागको स्क्रिप्ट निकै समय कुर्दा पनि हात नपरेपछि उनले फिल्म छाडेका हुन् । पछिल्लो समय साइन गरेको फिल्म छोड्ने कलाकारहरुमा होड जस्तै देखिएको छ ।

त्यति मात्रै होईन छोटो भूमिकामा पनि राम्रोसँग नबुझाइएको, स्क्रिप्ट नदिएको र १० सिन भनिएको ठाउँमा अन्तिममा आएर ५ सिन मात्रै भएपछि उनले फिल्म छाडेका हुन् ।  फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले पुष्पले फिल्मबाट हात झिकेको भन्ने कुरा साँचो रहेको बताएका छन् । उनले आफूहरुले पुष्पलाई गेस्ट रोलका लागि भनेर अनुबन्ध गरेको र पारिश्रमिक पनि दिईसकेको बताएका छन् ।

अभिनेता गिरीले पुष्पको रोलको बारेमा अनुबन्ध गर्दा खेरि नै बताएको तथा गेस्ट एक्टरलाई पूरा स्क्रिप्ट नदिने भनेर प्रष्ट बताएको जानकारी गराए । त्यस्तै, पुष्पको ठाउँमा अभिनेता संजोग कोइरालालाई भित्राएको समेत गिरीको दाबी छ ।  दीपाश्री निर्देशित फिल्ममा दीपकराजसँगै दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video