निकै महँगो पारिश्रमिक लिएर ‘ब्याचलर बन्टी’ मा अनमोल अनुबन्धित

काठमाडौं–
युवा स्टारर अनमोल केसीको अभिनय रहने नयाँ फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । मिलन चाम्सको निर्देशन रहने फिल्म ‘ब्याचलर बन्टी’ मा नायक अनमोलले निकै महँगो पारिश्रमिक लिएर अनुबन्ध भएको बुझिएको छ । यद्यपि, अनमोलसँग स्कृन सेयर गर्ने नायिकाको भने अहिलदेसम्म टुंगो लागेको छैन । अधिकांश छायांकन विदेशमा हुने बताईएको यो फिल्ममा ३ करोड बढीको लागत लाग्ने निर्माण टिमले जनाएको छ ।

यतिबेला ‘क्याप्टेन’ फिल्ममा व्यस्त अनमोल लगत्तै झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ मा व्यस्त हुनेछन् । त्यसपछि मात्रै उनले ‘ब्याचलर बन्टी’ का लागि आफ्नो कार्यतालिका मिलाएका छन् । प्रदीप भारद्धाज कथा रहने ‘ब्याचलर बन्टी’ ‘ए मेरो हजुर ३’ रिलिजको करिब ६ महिनापछि मात्र प्रदर्शनमा आउने बताईएको छ । फिल्मको निर्माण मिलन र ‘लिलिबिली’ का निर्माता सुदिप खड्काले संयूक्त रुपमा गर्ने निश्चित भएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video