डीएसपी अमन सिंहले लगाए बहालवाला गृहमन्त्रीको हातमा हतकडी (भिडियो)

काठमाडौं–
आइतवार दिउँसो काठमाडौंको बसुन्धरामा रहेको एक घरमा एक्कासी एक हुल प्रहरी आएर बहालवाला गृहमन्त्रीलाई पक्रेको दृश्य धेरैलाई रोचक लागेको थियो । दिउँसै गृहमन्त्रीको हातमा हतकडी लगाउने प्रहरीका डिएसपी थिए अभिनेता अनुप विक्रम शाही । यो कुनै साँच्चिकै दृश्य थिएन यो त फिल्म ‘कप्स’ को एक दृश्य थियो । यतिबेला धमाधम छायांकनमा भैरहेको यो फिल्ममा उनले एक प्रहरी अफिसरको भूमिका निर्वाहा गरेका छन् ।

डीएसपी अमन सिंहको भूमिका निर्वाहा गरेका उनले फिल्ममा आफूले सच्चा प्रहरी अधिकृतको भूमिका निर्वाहा गरेको बताए । सम्राट सापकोटाको निर्देशनमा निर्माण भैरहेको फिल्ममा सन्दिपा लिम्बुले डेब्यू गरेकी छिन् । उनले फिल्ममा एक पत्रकारको भूमिका निर्वाहा गरेकी छन् । अमित गिरीलाई पनि यस फिल्ममा मुख्य भूमिकामा देख्न सकिन्छ ।

सारा श्री र आर्या मुभिजको ब्यानरमा निर्माण गरिएको यो फिल्म एक्सन र लभस्टोरी जनरामा निर्माण भइरहेको छ । यो फिल्मका लागि महँगो बजेट खर्च गरिएको निर्माणपक्षले बताएको छ । राम शाक्यको प्रस्तुति रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सपाकोटाले जानकारी दिए । फिल्मको ७५ प्रतिशत छायांकन सकिएको र अब एउटा गीतको छायांकन टर्कीमा गर्ने योजनामा निर्माण टिम छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video