यस्तो देखियो ‘रोमियो एण्ड मुना’को सार्वजनिक पोस्टर

काठमाडौं–
साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोमियो र मुना अर्थात नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ दुवै छैनन् । किन सार्वजनिक गरियो त यस प्रकारको पोस्टर ?
यो फिल्मसँग नै सम्बन्धित पोस्टर हो, निर्देशक नरेश कुमार केसी भन्छन्, यो बक्समा मुनाले आफ्नो इख लाई हाल्ने गर्दछिन् । यसैले हामीले पोस्टरमा तपाईको कुनै इख छ ? भनेर प्रश्न गरेका छौं ।

निर्देशक केसीका अनुसार रोमियो एण्ड मुनाको यो बक्सवाला पोस्टर प्रतिबिम्वित पोस्टर हो । उसो त फिल्मको तीन गीत र पोस्टर सार्वजनिक भैसकेका छन् । सार्वजनिक तीन गीतहरु भिन्न भिन्न प्रकारका छन् । सुरुमा तीज गीत सार्वजनिक गरिएको थियो । त्यसपछि विकिनी गीत र रोमान्टिक पल पल गीत रिलिज गरियो । गीतमा पाइएको विविधता फिल्ममा पनि पाइएला ? डाइङ क्यान्डल निर्देशकको दोश्रो फिल्म रोमियो एण्ड मुनाप्रति थप कौतुहलता बढेको छ ।
विनय र सृष्टिको शिर्ष भूमिका रहेको रोमियो एण्ड मुनामा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । फिल्म निर्माणमा प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video