‘बाबु कान्छा’को टिजर सार्वजनिक, यस्तो देखिए सलोन बस्नेत (भिडियो हेर्नुस)

काठमाडौं–
सलोन बस्नेत अभिनित प्रतिक्षित चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक गरिएको छ ।१७ बर्ष अघि सलोनले पहिलो पटक अभिनय गरेको चलचित्र नेपाली बाबुको झलक समेत राखेर सार्वजनिक गरिएको टिजरमा सलोनलाई मात्रै प्रस्तुत गरिएको छ ।

असार २९ गते बाट प्रदर्शनमा आउने ‘बाबु कान्छा’मा सलोन सगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् ।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।
टिजर हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video