‘प्रसाद’मा जोडिए निश्चल, अपोजिटमा हुनेछन् विपिन र नम्रता

काठमाडौं–
निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म ‘प्रसाद’मा निश्चल बस्नेत अनुबन्ध भएका छन् । दिनेश राउतको निर्देशन रहने उक्त फिल्ममा यसअघि विपिन कार्की र नम्रता श्रेष्ठलाई दम्पत्तीको रुपमा लिएर घोषणा गरिसकिएको थियो । निर्माण पक्षले जनाए अनुसार चुनौतीपूर्ण र पृथक भुमिकाका लागि निश्चललाई लिइएको हो । ‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो’ निर्देशक राउतले भने, ‘उहाँलाई प्रस्ताव गरेपछि खेल्न राजी हुनुभएको हो ।’ निर्माता सुवाष थापाले मंगलबार निश्चलसँग सम्झौता गरेका छन् ।

निर्माता थापाले निर्देशक राउतले स्क्रिप्ट अनुसार निश्चल नै हुनुपर्ने बताएपछि अनुबन्ध भएका हुन् ।
निश्चलले आफु हत्तपत्त अभिनय नगर्ने र प्रस्ताव आएपछि स्क्रिप्ट हेरेर चित्त नबुझी खेल्नका लागि मात्रै खेल्ने स्वभावको नभएको जिकिर गर्दै आफूलाई निर्देशक राउतले फिल्मको बारेमा र चरित्रका बारेमा भन्ने बित्तिकै आफुलाई चित्त बुझेको बताए । निश्चलले भने, ‘जुन मैले अहिलेसम्म नगरेकै च्यालेन्जिङ रोल यसमा छ । सँगसँगै फिल्मको स्टोरी नै एकदमै राम्रो छ । स्टोरी पनि राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुने बित्तिकै मलाई खेल्न रुची जागेको हो ।’ उनले आफुलाई निर्देशक राउत इमान्दार भई काम गर्ने राम्रो फिल्ममेकर लाग्ने भएकोले पनि खेल्न विश्वास बढेको बताए ।

‘यो फिल्ममा आबद्ध भएर मैले पनि राम्रो गर्न सकें भने मेरो करिअरको लागि पनि र फिल्मको लागि पनि उपलब्धि नै हुन्छ की भन्ने सोचेर पनि खेल्न राजी भएको हुँ ।’असार १ देखि छायांकनमा जाने तयारीमा रहेको प्रसादलाई सुशील पौडेलले लेखेका हुन् । निश्चलको आबद्धतालाई लिएर अभिनेता विपिन कार्कीले पनि खुशी व्यक्त गरे ।

‘कथा सुन्ने बित्तिकै मैले त पात्रको चरित्रका हिसाबले पनि र लुक्सका हिसाबले पनि मेरो दिमागमा निश्चल बाहेक अर्को कोही हुनै सक्दैन भन्ने मनमा आएको थियो । तर मैले यो कुरा कसैलाई भनेको थिइनँ । मेरो अपोजिटमा निश्चललाई पाउँदा सबैभन्दा खुशी म छु । कथाको थिम अनुसार पनि निश्चल हुँदा त्यसले फिल्मलाई थप बल पु¥याउनेमा ढुक्क छु ।’ विपिनले यसअघि निश्चलकै निर्देशनमा फिल्म लुट र लुट २ मा अभिनय गरिसकेका छन् । ‘थिएटरमा मेरो ट्युनिङ जति सुनील पोखरेल सरसँग मिल्छ ।

उहाँले भन्न खोजेका कुरा बुझ्नलाई सजिलो हुन्छ, त्यस्तै ट्युनिङ फिल्ममा निश्चलसँग मिल्छ । हामीमा एकखाले अट्याचमेन्ट र फिलिंग्स मिल्छ । हामीमा इगो छैन’ विपिनले थपे, ‘मेरो आइडल सौगात मल्ल दाई हो तर यसमा सौगात दाई भएको भएपनि म यति खुशी हुँदैनथें होला जति निश्चल हुँदा भएको छु ।’ निश्चलले विपिन र नम्रता जस्ता बलियो कलाकारसँगै काम गर्नु आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताए ।सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको प्रसादलाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video