ईन्दिरा र आर्जनले मन्दिरमै पुगेर कसे लगनगाँठो (भिडियो)

काठमाडौं–
गायिका ईन्दिरा जोशी बिल्कुलै नयाँ यूगल गीत ‘रेलीमाइ…’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

मंगलबार साँझ हाइलाइट्स रेकर्डसको यूट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसँग यूगल गायकी छिन् ।

उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङले उक्त गीतको संगीत संयोजक गरेका हुन् । नृत्यपरक उक्त गीतको म्युजिक भिडियोमा गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् ।

भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देशन गरेका हुन् ।

निशान घिमिरेले उक्त म्युजिक भिडियो सम्पादन गरेका हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।

गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video