२९ दिनमै रेखाको ‘मलिका’ प्याकअप

काठमाडौं–
रेखा थापाको फिल्म मालिका को एक महिना नपुग्दै छायाँकन सकिएको छ । सुरु गरेको २९ दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिएको रेखाले बताइन् । सोमबार सुटिङ सकेर काठमाण्डौं फर्किदै छौं, रेखाले भनिन् । रेखा आफ्नै निर्माण, निर्देशन तथा अभिनय रहेको मालिकामा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ । टिमको सक्रियता र मौसमले साथ दिंदा समयमै फिल्मको छायाँकन सकिएको रेखाको भनाई छ ।

नर बहादुर कार्की निर्माता रहेको मालिकाको कथा पनि कार्कीकै हो । शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ । मालिका मा निर्माताको रुपमा सरस्वती थापा र तारा थापाको नाम रहेको छ । मालिका बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । रेखाले तिहारमा मालिका रिलिज गर्ने घोषणा गरेकी छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video