‘ड्रिम गर्ल’ को ‘तिम्रो मायामा’ आकाश र आश्माको रोमान्स (भिडियो)

काठमाडौं–
प्रेम कथानक फिल्म ‘ड्रिम गर्ल’ मा समाबेश ‘तिम्रो मायामा हराउन’ बोलको गीत सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको सो गीत बिहीबार राजधानीमा प्रेसमिट गरि सार्वजनिक गरिएको हो ।
दशैको अबसरमा असोज १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सो गीत अन्जु पन्त र सुरेश लामाले गाएका हुन् । अम्बिका शर्माले लेखेका गीतमा अर्जुन पोखरेलको संगीत छ ।

गम्भीर बिष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा आकाश श्रेष्ठ र आश्मा गिरी रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । रारा ताल र थाइल्याण्डका बिभिन्न रमणीय स्थानमा खिचीएको सो गीतमा प्रेमीप्रेमीकालाई प्रेमभावमा प्रस्तुत गरिएको निर्देशक आचार्य बताउछन् ।

दुई करोड भन्दा बढी लगानीमा बनेको फिल्ममा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा,लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । डिसिएनले बितरण गर्ने फिल्मको निर्मातामा निर्देशक ऋषिराज स्वयम्, अर्जुन शर्मा र रामेश्वर घिताल छन । ड्रिम गर्ल आरबि मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीसंगको सहकार्यमा निर्माण गरेको हो ।

काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । कार्यक्रममा निर्देशक आचार्यले ड्रिम गर्लमा युवा पुस्ताको सोच, प्रेम र समर्पणको कथा रहेको बताए । त्यसैगरी, अभिनेता आकाशले फिल्म निकै राम्रो बनेको बताउदै आफूले मेहनत गर्न कुनै कसर बांकी नराखेको दावी गरे ।

पहिलो फिल्ममै शीर्ष भूमिकामा अभिनय गर्न पाउदा आफूलाई भाग्यामानी महसुस भएके नवअभिनेत्री आश्माले बताइन् । उनले यो फिल्मले आफूलाई हिरोइनका रुपमा स्थापीत गराउने बिश्वास ब्यक्त गरिन् । फिल्म राहुल राई र रामेश्वर हुमागाइले खिचेका हुन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video