चलचित्र विकास बोर्डद्वारा सदाबहार नायिका करिष्मादेखि अहिलेकी हट नायिका साम्राज्ञीसम्म एउटै मञ्चमा सम्मानित (भिडियो/फोटोफिचरसहित)

काठमाडौं–
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली सिनेमाका चर्चित महिला कलाकारहरुलाई सम्मान गरिएको छ ।

चलचित्रकर्मी महिला शशक्तिकरण समिति तथा चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला कार्यक्रममा पुराना पुस्ताका कलाकार मिथिला शर्मादेखि अहिलेकी हट नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहसम्म सम्मानित भएका हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा ३ की प्रमुख अनुराधा कोइरालाले कलाकारहरु, मिथिला शर्मा, सकुन्तला शर्मा, करिष्मा मानन्धर, दीपाश्री निरौला तथा साम्रज्ञीराज्यलक्ष्मी शाहलाई सम्मान गरेकी हुन् ।

आज सम्मानित हुने महिला कलाकारहरुले नेपाली कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको चलचित्र विकास बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्ड र चलचित्रकर्मी महिला शशक्तिकरण समितिले आयोजना गरेको कार्यक्रममा पत्रकार बबिता बस्नेत, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल तथा कलाकारितासँग सम्बन्धित विभिन्न कलाकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा अभिमुखिकरण तथा तालिम कार्यशालाको पनि आयोजना गरिएको थियो ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video