‘माया लुकी लुकी’ भन्दै दर्शकमाझ टीका प्रसाईं ( भिडियो कार्टून क्रिउ)

काठमाडौं–
नेपाली सांगीतिक क्षेत्रमा एक उदियमान गायिका हुन् टीका प्रसाईं । आफ्ना गीतहरु मार्फत दर्शक श्रोताको मनमा बस्न सफल गायिका टीका प्रसाईंका ‘तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ सेल्फिको जमाना जस्ता थुप्रै चर्चित गीतहरु छन् । झापा, तोपगाछी बाट आफ्नो सागीतिक यात्रा शुरु गरेर करिब दुइ दशकको सांगीतिक यात्रा तय गरेकी गायिका प्रसाईंका सयौं गीतहरु नेपाली सिनेमा र एल्बमहरुमा सुन्न सकिन्छ ।

दिन–दिनै लोकप्रियताको शिखर चुम्दै गरेकी उनै गायिका टीका प्रसाईंले अहिले एउटा बिल्कुलै नयाँ ‘सोलो’ गीत बजारमा ल्याएकी छन् । आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत–संयोजनले सजिएको उक्त गीतको बोल ‘माया लुकी लुकी’ रहेको छ । अत्यन्त रचनात्मक शब्द–संगीतले भरिएको यस डान्सिंग नम्बरमा हाल सर्वाधिक चर्चामा रहेको डान्सिंग ग्रुप ‘द कार्टून क्रिउ’ लाई फिचरिंग गरिएको छ । भिडियोमा कार्टुन क्रिउ ग्रुपबाट सरोज अधिकारीको आफ्नै कन्सेप्ट र डाइरेक्सन रहेको छ भने प्रविन श्रेष्ठले भिडियो सम्पादन गर्नु भएको हो । भिडियोलाई ओसियाना एजुकेशन कन्सलटेन्सि काठमाडौँ र सिड्नीले सपोर्ट गरेको छ ।

रागा रेकोर्ड्स मा रेकर्ड र मिक्सिंग भएको यस गीतको म्युजिक भिडियो एक औपचारिक कार्यक्रमको आयोजना गरि बिमोचन गरियो । कार्यक्रममा यस गीतका श्रस्टाहरु, नेपाली संगीतकर्मीहरु, गायक(गायिकाहरु, द कार्टून क्रिउ तथा संचारकर्मीहरुको उपस्थिति थियो । गीतको म्युजिक भिडियो गायिका प्रसाईंको आफ्नै यु–ट्युब च्यानल मार्फत बिमोचन गरियो । कार्यक्रममा उपस्थित व्यक्ति–व्यक्तित्वहरुले गायिका प्रसाईंको गायकीको प्रसंसा गर्दै उनको सफलताको शुभकामना ब्यक्त गरे । सोहि अवसरमा गायिका प्रसाईंले आफ्नो म्युजिकल करियरमा ‘माया लुकी लुकी’ गीतले ठुलो सकरात्मक प्रभाव पार्न सक्ने आशा ब्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरिन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video