सिनेमा हलमा ‘वुद्दि भर्सेज वुद्दि’

काठमाडौं–
फ्राईडे रिलिज अन्तर्गत आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । किशोर भण्डारी ‘डिठ्ठा साब’ निर्देशित ‘चङ्गा’ तथा टेक पौरखी राईले निर्देशन ‘मट्टिमाला’ एकैसाथ प्रदर्शनमा आएका हुन् । फिल्म ‘चङ्गा’ हाँस्य कलाकार किशोर भण्डारीकै लेखन तथा निर्देशनमा निर्माण भएको हो । हाँस्य जनरामा निर्माण भएको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । फिल्म ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार–चढावलाई जोडिएको निर्देशक भण्डारीको भनाई छ ।

फिल्ममा वुद्दि तामाङ, अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायत कलाकारको मुख्य अभिनय रहेको छ । फिल्ममा रविन आचार्यको छायांकन तथा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । प्रकु पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा रेश्मा तिमल्सिना ‘बुनु मैचा’ निर्मात्री रहेकी छिन् । त्यस्तै, आजैदेखि प्रदर्शनमा आएको ‘मट्टिमाला’ मा वुद्दि तामाङ, रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वि राईल गायत कलाकारको मुख्य अभिनय रहेको छ ।
तर, एउटा संयोग भनेको आजदेखि प्रदर्शनमा आएका दुबै फिल्ममा वुद्दि तामाङ दोहोरिएका कलाकार हुन् । यी दुवै फिल्ममा वुद्दि लिड रोलमा छन् । एउटै स्टारका एकभन्दा बढी फिल्म एकसाथ हलमा लाग्नु अब कुनै नयाँ कुरा भने भएन । यसअघि पनि कयौँ पटक यस्ता घटना नदेखिएका होईनन् । केही हप्ता अगाडि अभिनेत्री प्रियंका कार्की स्टारर ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ एकसाथ हलमा लागेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video