‘चक्कर’ को लिरिकल गीत सार्वजनिक (लिरिकल सङ्ग)

काठमाडौं–
नयाँ नेपाली फिल्म ‘चक्कर’ को लिरिकल गीत सार्वजनिक भएको छ । ‘सैली’ बोलको उक्त गीतमा नितेश जङ्ग कुँवर, शीतल मोक्तान तथा अभोन राज उप्रेतीको आवाज रहेको गीतमा विपश्वा बज्राचार्यको संगीत तथा नितेश जङ्ग कुँवर र विपश्वाको शब्द रहेको छ । नेशनल मिडिया प्रोडक्सनको प्रस्तुति रहेको यो फिल्मको निर्माता रबिन आचार्य रहेका छन् ।

लेखन तथा निर्देशन अनुष्का रौनियार रहेको फिल्ममा अभोन राज उप्रेती, अर्पण थापा, सृजना सुब्बा, ऋचा शर्मा,भोलाराज सापकोटा तथा स्मृती पोखरेलको मुख्य अभिनय रहेको छ । संगम पन्त तथा पुष्प पलान्चोकेको संगीत रहेको यो फिल्ममा रबिन आचार्यको छायांकन तथा अनुष्का रौनियारको सम्पादन रहेको छ । आगामी साउन ४ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने निर्माण टिमले तयारी गरेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video