पहिलेका अशोक र अहिलेका अशोकमा देखियो यस्तो फरक, के भन्छन् टंक र स्कुलका प्रिन्सिपल ? (भिडियो)

काठमाडौं–
‘मन विनाको धन ठुलो कि धन विनाको मन’ बोलको गीत गाएर सानै उमेरमा सर्वाधिक चर्चामा आएका अशोक दर्जी एतिवेला आफ्नै घर बनाउने काममा व्यस्त छन् । झापामा घर बनाउदै गरेका गायक दर्जीलाई उक्त घर बनाउन संगीतकार टंक बुढाथोकीले निकै सहयोग गरिरहेका छन् । शुक्रबार मात्रै केही युट्युवरहरुले अशोक दर्जीको घर निर्माणका लागि केही सहयोग पनि गरेका थिए । सोही आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा संगीतकार तथा अशोक अध्यनरत विद्यालय बेथेल एजुकेशनल एकेडमीका प्रिन्सिपल दीपक न्यौपाने पनि सहभागी थिए ।

उनले अशोकलाई आफ्नो स्कुलको होष्टेलमा राखेर शिक्षादिक्षा प्रदान गर्दै आइरहेका छन् । पछिल्लो समय अशोकको पढाईको बारेमा पनि जानकारी गराएका थिए । त्यस्तै, संगीतार टंक बुढाथोकीले पनि अशोकले गीत गायन तथा भिडियोमा गरेका पछिल्ला प्रगतिको बारेमा जानकारी गराएका थिए । त्यस्तै, प्रिन्सिपल न्यौपानेले पहिलाको अशोक र पछिल्लो दिनको अशोकको बारेमा निकै परिवर्तन आएको बताए । उनले अशोक स्कुल आएदेखि स्कुलको वातावरण पनि संगीतमय भएको जानकारी गराए । सुरु सुरुका दिनमा अशोकको चञ्चले पनले गर्दा उनले विद्यालयमा गर्ने चकचकले आफूहरुलाई समेत डर लागेको न्यौपानेको भनाई छ । अशोकलाई विभिन्न सञ्चार माध्यमले अन्तरवार्ता तथा विभिन्न कार्यक्रममा बोलाउदा उनको अध्यनमा समेत डिष्टर्व परेको उनको भनाई छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video