एक दशकपछि करिष्मा, बिपना र रेखाको जम्काभेट, बिपना र रेखाको गीतबाटै चल्यो यस्तो जुहारी (भिडियो)

काठमाडौं–
कुनै समय थियो जतिबेला नायिका करिष्मा मानन्धरपछि फिल्म निर्माणमा रोजाई हुने गर्थ्यो नायिका बिपना थापा र रेखा थापाको । यी दुबै नायिकाले पनि करिष्मालाई निकै सम्ममान गर्ने गर्थे । तर, अहिले वागमातीमा धेरै पानी बगिसकेको छ । करिब १० बर्ष भएछ यी तीन नायिका एक आपसमा नजिकबाट भेटघाट नभएको ।

नायिका बिपना थापा वैवाहिक जीवनमा बाँधिएपछि लगभग फिल्मी संसारबाट टाढै पुगिन् । रेखा थापासँग ‘मितिनी’ सँगै खेलेपछि फेरि उनीहरु फिल्ममा सँगै देखिने मौका जुरेको छैन । तर, यतिबेला नायिका बिपना माइतीदेश नेपालमा आएकी छिन् । एउटा पार्टीको संयोगले तीन नायिका करिष्मा, बिपना र रेखाको जम्का भेट भयो । जम्का भेटमा रेखा र बिपनाले फिल्म ‘मितिनी’ को गीतमा जुहारी नै खेले ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video