भेटिए अदभुत कलाका धनी व्यक्ति, जसले निकाल्न सक्छन् ११३ प्रकारका अचम्मका आबाज, नाकैले बजाईदिन्छन बीबीसीको धुन (भिडियो)

काठमाडौं–
सुदुरपश्चिममा निकै चर्चामा आएका कलाकार दीपेन्द्र ओली करिब ११३ प्रकारका आबाज निकाल्न सक्छन् । उनी यतिबेला काठमाडौंमा आईपुगेका छन् । कक्षा ८ देखि नै आबाजको क्यारिकेचर गर्दै आएका यी कलाकार पेशाले सञ्चारकर्मी पनि हुन् । उनले कलाकारको आबाजदेखि विभिन्न जनवारको आबाज पनि डिठ्ठो निकाल्न सक्छन् । उनले जनवार र कलाकार नेताको आबाज मात्रै होईन उनले नाककको प्वालबाट सनाहीदेखि विभिन्न आबाज निकाल्न सक्छन् ।

उनले हाँस्य कलाकार शिवहरी पौडेल, अर्जुन घिमिरे ‘पाँडे’ देखि कुमार कट्टेल ‘जिग्रीसम्मको आबाज दुरुस्तै निकाल्न सक्छन् । सुदुरपश्चिम तिर निकै ख्याती कमाएका यी कलाकारले नेपालका लगभग ४० जिल्लाका कार्यक्रममा सहभागीता जनाईसकेका छन् । उनले क्यारिकेचर गर्ने कलाकाहरुहरुको भिडमा आफूले विभिन्न बाजागाजा, जनवारको पनि आबाज निकाल्न सक्ने भएकाले आफू फरक भएको दाबी गर्छन् । त्यस्तै, राष्ट्रपति विद्या भण्डारी, झलनाथ खनाल तथा मोहन वैद्यको क्यारिकेचर गर्ने त्यति नदेखिएकाले आफू अरु भन्दा फरक भएको उनले बताए । उनले घाँटीको साहायताले सनाही बजाएर विभिन्न खालका धुन निकाल्न सक्छन् । उनले नाकबाट बीबीसी नेपाली सेवाको धुन दुरुस्तै बजाउन सक्छन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video