‘चिँ मुसी चिँ’ को शिर्ष गीत सार्वजनिक, यस्ती देखिईन ठुम्कामा नम्रता (भिडियो)

काठमाडौं–
दिनेश श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘चिँ मुसी चिँ’ को लोक लयमा आधारित शिर्ष गीत सार्वजनिक भएको छ । म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्मको सार्वजनिक गीतमा नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट पाँचसम्मको यात्रा तय गरेर बाहिरिएकी सुजाता पाण्डेको आबाज रहेको छ । गायिका पाण्डेले पहिलो पटक नेपाली फिल्मको गीतमा स्वर दिएकी हुन् । सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटाले ठुम्का लगाएकी छिन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माका साथै शिवराज शर्मा फिचर्ड छन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् । बासु न्यौपानेले खिचेको फिल्मममा सुरज अधिकारीको संगीत तथा भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । साउन ११ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लागयत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video