‘कस्मिक लभ’ असार दोस्रो सातादेखि फ्लोरमा, सकियो गीत रेकर्डिङको काम

काठमाडौं–
शंकर अधिकारीको निर्देशनमा निर्माण हुने फिल्म ‘कस्मिक लभ’ असारको दोस्रो साताबाट फ्लोरमा जाने भएको छ । यो साता फिल्मको गीत रेकर्डिङ सकिएको निर्माण टिमले जनाएको छ । यो फिल्मको को ‘माया तिमीलाई’ बोलको गीतमा मिलन अमात्य र बाबुल गिरीले स्वर रहेको छ । गीतको शब्द दिनेश सुवेदीले लेखेका छन् । फिल्ममा सुरेश बज्राचार्यले छायांकन तथा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

शेखर ज्ञावलीको कथा रहेको फिल्म जय गौतमले निर्माण गर्न लागेका हुन् । लभ’ मुभी मेकर्सको ब्यानरमा तथा सुरज प्रधानको प्रस्तुतिमा बन्न लागेको फिल्ममा डी. एन. दाहाल कार्यकारी निर्माता रहनेछन ।
फिल्मका मुख्य कलाकारहरुमा अर्पण थापा, दिया मास्के र प्रशान्त ताम्राकार लगायत रहेका छन् ।

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video