बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

काठमाडौं–
बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९२ बर्षिय कलाकार थापाको गएराती २ बजे आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि विभिन्न रोगले पिडित थापाको अस्पतालमा उपचार भैरहेको थियो । तर, उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो । पछिल्लो समय उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि निकै चर्चित बनेका थिए । उनी निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए ।

भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।उनी मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । यतिबेला ‘छक्का पन्जा ३’को छायांकनका लागि पोखरामा रहेकी निर्देशक निरौला आफ्ना ‘धर्म बा’को निधनको खबर पछि काठमाडौं आउने तयारीमा छिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video