नक्कली नोट प्रकरणः फिल्म निर्देशक वाग्लेसहित तीन जना जेल चलान

काठमाडौं–
नक्कली नोट प्रकरणमा पक्राउ परेका फिल्म निर्देशक माधव वाग्ले पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले निर्देशक वाग्लेसँगै सुजित तामाङ र महेन्द्र बोगटीलाई पनि केन्द्रीय कारागारमा राख्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

वाग्लेसँगै सुजित तामाङ र महेन्द्र बोगटीलाई केन्द्रीय कारागारमा राखिएको छ । साढे २ करोड भन्दा बढी नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । बरामद भएको केही नोटमा ‘फिल्म प्रयोजनका लागि’ लेखिए पनि धेरैमा थिएन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video