नम्रताको ३२ औ जन्मदिन फरक ‘गेटअप’मा, जन्मदिनको दिन यसरी सम्झिईन बुवा–आमालाई

काठमाडौं–
आज नेपाली सिने क्षेत्रकी एक चर्चित नायिका नम्रता श्रेष्ठको जन्मदिन हो । सानो संसार, मेरो एउटा साथी छ, क्लासिक, नोभेम्बर रेन, पर्व लगायत दर्जनौ फिल्म खेलेर नायिका श्रेष्ठले नेपाली फिल्म उद्योगलाई निकै गुण लगाएकी छिन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नम्रताले आफ्नो ३२ औ जन्मदिन मनाएकी हुन् । धरानमा जन्मिएकी नम्रताले सन् २०१६ मा क्लासिक चलचित्रबाट ४ वटा सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार समेत हात पारेकी थिईन् । ‘सानो संसार’ बाट चलचित्रमा डेब्यु गरेकी नम्रता श्रेष्ठ केही समय चलचित्र दुनियाबाट सम्पर्कविहिन जस्तै बने पनि यतिबेला उनी अभिनित एक्सन जनराको फिल्म ‘जाइरा’ को निकै चर्चा परिचर्चा रहेको छ । उनको मुख्य भूमिका रहेको यो फिल्ममा नम्रता एक्सन अबतारमा प्रस्तुत भएकी छिन् ।

यो फिल्ममा उनी मार्सलआर्ट खेलाडीको रुपमा प्रस्तुत हुन् लागेकी हुन् । यहि फिल्मका लागि भनेर नम्रता नयाँ गेटअपमा समेत देखिएकी छिन् । नम्रताले मार्सलआर्ट खेलाडीको भूमिकामा प्रस्तुत हुन आफूले ८ किलो तौल घटाएको कुराले पनि फिल्मी जगतमा निकै चर्चा पाएको थियो । नम्रताले आज उनको जन्मदिनको दिन फेसबुक पेजमा आफ्ना बुवा आमाले आर्शीवाद दिएको तथा बुवा आमासँगै खिचेको तश्विर सार्वजनिक गरेकी छिन् । उनले पोष्ट गरेको फोटोमा आफ्नो प्रगतिमा बुवा आमाले गरेको सहयोग तथा सदभावको निकै गर्व गरेको लेखेकी छिन् । आफ्नो प्रगतिमा बुवा आमाले गरेको कडा दुःख तथा आडभरोसाको उनले मुक्त कण्ठले लेखेकी छिन् । सुत्र इन्टरटेन्मेन्ट परिवारको तर्फबाट पनि नायिका नम्रतालाई लाखौं लाख शुभकामना !!!!

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video