यसरी उम्लियो सलोन र स्वस्तिमाको बैंश ‘जय भोले’ मा (भिडियो)

काठमाडौं–
अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ को पहिलो गीत सार्वजनिक गरिएको छ । आज काठमाडौंको कुमारी हलमा कलाकार तथा निर्माण टिमको उपस्थितिमा एक कार्यक्रमको आयोजनाका साथ ‘उम्लियो भने पोखिन्छ।।।’ बोलको गीत सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीद्वारा संगीतबद्ध उक्त गीतमा राजनराज र मेलिना राईको आबाज रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको उक्त गीतमा फिल्मका मुख्य कलाकार सबै फिचर्ड रहेका छन् ।

गीतमा अभिनेता सौगात मल्ल र बुद्धि तामाङ ‘मित’ लगाउँदै गरेको दृश्यलाई रोचक ढंगले देखाईएको छ । अभिनेता सलोन बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई गीतमा निकै स्पेस दिएको देखिन्छ । त्यस्तै, अभिनेता खगेन्द्र लामिछाने, राजाराम पौडेललगायतका कलाकारहरु पनि गीतमा देखिएका छन् । यो गीतलाई संगीतकार सिवाकोटीले ‘टाकान टुकुन’ कै फ्लेवरमा तयार पारेका छन् ।  करिब १२ वर्षपछि निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले यो फिल्म निर्देशन गरेका हुन् । निर्देशक शर्माको निर्माण रहेको यो फिल्मा ह्युमर तथा सोसल कमेडी ड्रामा देख्न सकिन्छ । १ करोड ६० लाख बजेटमा निर्माण भएको बताईएको यो फिल्ममा स्वयम् निर्देशक शर्माको पनि अभिनय रहेको छ । झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटीरकल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । यो फिल्मलाई आउदो दशैमा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ ।

गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video