‘कुटुमा कुटु’ पछी स्वस्तिमाको आयो छम–छम नाच्ने गीत ‘उम्लियो भने पोखिन्छ’ सौगात देखी खगेन्द्रसम्म स्वस्तिमासँगै कम्मर मर्काउदै (भिडियो)

काठमाडौं–
गतबर्ष ‘कुटुमा कुटु’ बोलको गीतमा नाचेर चर्चा कमाएकी नायिका स्वस्तिमा खड्काले फिल्म ‘जय भोले’ को ‘उम्लियो भने पोखिन्छ!!!’ मा त्यस्तै कम्मर मर्काएकी छिन् । करिब १२ बर्षपछि निर्देशक अशोक शर्माको निर्देशनमा निर्माण भएको यो फिल्मको पहिलो गीत आज सार्वजनिक भएको हो । संगीतकार राजनराज सिवाकोटीको संगीतमा तयार भएको यो गीतमा स्वयम् राजनराज र मेलिना राईको आबाज रहेको छ ।बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको उक्त गीतमा फिल्मका मुख्य कलाकार सबै फिचर्ड रहेका छन् ।

भिडियो हेर्नुसः

गीतमा अभिनेता सौगात मल्ल र बुद्धि तामाङ ‘मित’ लगाउँदै गरेको दृश्यलाई रोचक ढंगले देखाईएको छ । अभिनेता सलोन बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई गीतमा निकै स्पेस दिएको देखिन्छ । त्यस्तै, अभिनेता खगेन्द्र लामिछाने, राजाराम पौडेललगायतका कलाकारहरु पनि गीतमा देखिएका छन् । यो गीतलाई संगीतकार सिवाकोटीले ‘टाकान टुकुन’ कै फ्लेवरमा तयार पारेका छन् ।

गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video