‘रोमियो एण्ड मुना’ मा एक अर्कालाई ‘भेडेटार घुमौला’ भन्दै विनय र सृष्टि (भिडियो)

काठमाडौं–
फिल्म ‘रोमियो एण्ड मुना’ को अर्को गीत सार्वजनिक गरिएको छ । ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतले लेखेका हुन् ।
यसअघि रोमियो एण्ड मुनाका तीन गीत सार्वजनिक भैसकेका छन् । भेडेटार सहित फिल्मको चार गीत दर्शक तथा श्रोतामाझ आइसकेका छन् । अझै फिल्ममा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । स्क्रिप्टको डिमान्ड अनुसार नै गीत राखेका हौं, निर्माता गोपालीको भनाई छ ।

नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्डमुनामा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । यी सँगै फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ । साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको असारको पहिलो साता प्रोमो सार्वजनिक हुनेछ । फिल्म निर्माण प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले गरेका हुन् । प्रदर्शन मिति नजिकिएसँगै निर्माण युनिट प्रचार प्रसारमा लागि परेको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video