विकास बोर्ड अध्यक्ष निकिता पौडेलको ठाडो आदेशमा रोकियो ‘रोजी’को छायांकन

काठमाडौं–
युवा स्टारर प्रदिप खड्काको मुख्य अभिनय रहेको फिल्म ‘रोजी’ को छायांकन स्थगित गरिएको छ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको ठाडो आदेशमा चलचित्रको छायांकन स्थगित भएको हो । निर्देशक निरक पौडेलले आधा भन्दा बढी छायांकन सकिएको चलचित्र ‘रोजी’को छायांकन विवादका कारण रोक्नुपरेको प्रतिक्रिया दिए ।रोजी महर्जनको हत्यकाण्डमा चलचित्र बनिरहेको खबर सार्वजनिक भएपछि रोजीको परिवारले आपत्ती जनाएको हो । चलचित्र विकास बोर्डमा विभिन्न चरणमा कुराकानी भएपनि सहमति हुन सकेको छैन ।

बिहिबार पनि बार्ता भएको थियो । तर, कुराकानी सहमतीमा पुग्न नसकेपछि अर्को बुधबार सम्मलाई चलचित्रको छायांकन स्थगित गरिएको हो । यसरी, चलचित्रको छायांकन स्थगित हुँदा निर्मातालाई लाखौ घाटा हुनेछ । रोजीको परिवारले भने छोरीको कथामा चलचित्र बन्न नदिने प्रष्ट पारेको छ । प्रदिप खड्का, परमिता आर एल राणा र मिरुना मगर आदि कलाकारको मुख्य भूमिका रहेको फिल्मको छायांकन अब केवल २० दिन मात्रै बाँकी थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video