१२ बर्षपछि खोला फर्के जस्तै फिल्म निर्माणमा फर्केका अशोकले आफ्ना छोरा अंकितबारे खोले यस्तो रहस्य (भिडियो)

काठमाडौं–
१२ बर्ष पछि खोला पनि फर्कन्छ भन्ने उखानलाई निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले चरितार्थ गरिदिएका छन् । निर्देशक शर्माको करिब १२ बर्ष पहिले ‘मितिनी’ फिल्म बनाएपछि फिल्म निर्माणमा लगभग ब्रेक लागेजस्तै भएको थियो । तर, अहिले उनै शर्मालो निर्माण तथा निर्देशन गरेको फिल्म ‘जय भोले’ को फिल्मी जगतमा निकै चर्चा परिचर्चा मात्रै होईन यो फिल्म निकै प्रतिक्षित पनि बनेको छ । मल्टिस्टारर यो फिल्मको पहिलो गीत ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत बिहिबार मात्रै सार्वजनिक भएको छ । निर्देशक शर्मा उनका छोरा अंकित तथा श्रीमतीसँग सञ्चारकर्मीमाझ निकै खुलेर प्रस्तुत भएका छन् ।

उनले ३० बर्षे वैवाहिक जीवनमा श्रीमतीसँग कहिलेकाही किचकिच हुनु सामान्य भएको बताए । त्यस्तै, उनले एउटा यस्तो कुरा पनि खुलासा गरे कि उनका यसअघिका चर्चित फिल्म हेस्टेल र प्रेमगीतमा अनमोल र प्रदिप भन्दा पहिले उनका छोरा अंकितलाई अफर आएको थियो रे । तर, अंकितको व्यस्तताले ति फिल्म खेल्न नपाएको निर्देशक शर्माको भनाई छ । उनले पहिलोपटक साथीले दिएको कुक्करमा खाना पकाउदा सिठ्ठी लाग्दा तीन कोष पर भागेको समेत स्मरण गरे ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video