मेस्सी र रोनाल्डोसहित ‘मेरी मामु’ को छायांकन सुरु, आफ्नै छोरालाई हिरो बनायो भन्नेहरुलाई निर्माता सन्तोषको आयो यस्तो जवाफ (भिडियो)

काठमाडौं–
‘प्रेमगीत’ र ‘प्रेमगीत–२’ जस्ता सफल फिल्मका निर्माता सन्तोष सेनले निर्माण थालेको ‘मेरी मामु’ को छायांकन आजबाट सुरु भएको छ । निर्माता सेनकै ६ बर्षिय छोरा आयूब सेनको मुख्य भूमिका रहने यो फिल्म बाल मनोबिज्ञानमा आधारित रहेर निर्माण गरिन लागेको निर्माता सेनले जानकारी गराए । यो फिल्मको निर्देशन यसअघि ‘राज्जा रानी’ तथा ‘हुर्रे’ को निर्देशन गरिसकेका याम थापाले गर्दैछन् । आसुसेन फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई भदौ १५ गते यानेकि अढाई महिनामा दर्शकमाझ ल्याउने निर्माण टिमले जनाएको छ । यो कति सम्भव छ त ? यो फिल्ममा अर्को रोचक पक्ष भनेको यतिबेला विश्वभर नै फुटवलको कुम्भ मेला ‘वल्र्ड कप’ ले छपक्कै छोपेको समय हो ।

संयोग मान्नुपर्छ आजदेखि छायांकन सुरु भएको फिल्ममा अहिलेका विश्वकै चर्चित फुटवल खेलाडी रोनाल्डो र मेस्सी पनि भएको बताईएको छ । को हुन त आखिर तिनिहरु ? त्यति मात्रै होईन यो फिल्ममा एउटा कुकुरको पनि अभिनय रहेको छ । विदेशबाट ल्याईएको त्यो कुकुर नेपालसम्म ल्याउदा करिब ६ लाख खर्च भएको निर्माण टिमले जनाएको छ । निर्माता सन्तोषले आफ्नो ६ बर्षको छोरालाई हिरो बनायो भन्नेहरुलाई निर्माता सेनले जवाफ गतिलै दिएका छन् । उनले प्रश्न गरे ? डाक्टर इन्जिनियरले आफ्ना छोराछोरीलाई आफू जस्तै बनाउन खोजे जस्तै मैले पनि करिब ६÷७ महिना छोरालाई मण्डला थियटरमा ट्रेनिङ गराएर फिल्म खेलाउदा के बिराए र ?
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video