यस्तो देखियो ‘भैरे’ को ट्रेलर, दयाले सुरक्षा रोजेपछि बुद्धिले रोजे बर्षा (ट्रेलर)

काठमाडौं–
दयाहाङ्ग राईको बहुप्रतिक्षित फिल्म ‘भैरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, कमेडी र एक्सनका झलक समेटिएका छन् ।

फिल्ममा दयाहाङ्गले अभिनेत्री सुरक्षा पन्तसँग स्कृनसेयर गरेका छन् । त्यस्तै बुद्धि तामाङ्गले अभिनेत्री वर्षा सिवाकोटीसँग रोमान्स गरेका छन् । ‘भैरे’ को भूमिकामा अभिनेता दयालाई देख्न सकिन्छ । एभरेष्ट सुर्य बोहराको निर्देशनमा निर्माण भएको फिल्ममा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेका छन् ।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह–निर्माता हुन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । साउन ४ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

ट्रेलर हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video