नम्रताको स्वभाव राम्रो लागेको भन्दै दीपकले गरे यस्तो बयान (भिडियो)

काठमाडौं–
गायक दीपक बराईलीले ‘साह्रै राम्रो स्वभाव’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । मधु साश्रीको शब्द र प्रविन बराईलीको संगीत रहेको यस गीत मोनाली इन्टरटेन्मेन्टको ब्यानरबाट बजारमा आएको हो । गायक दीपकको यो सातौं गीत हो । यसअघिका गीतलाई पनि दर्शकले मन पराउँदै आएका छन् ।

गायक दीपकले यस गीतबाट दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको बताए । ‘दर्शक श्रोतालाई पक्कै मन पर्नेछ, आशा लिएको छु, साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्छु’, दीपकले भने । उक्त गीतको भिडियोमा गायक दीपक सँगै नायिका नम्रता सापकोटाको अभिनय छ । भिडियोमा दीपकले नम्रताको स्वभाव राम्रो लागेको बताएका छन् । गीतको भिडियो फराज अर्पले छायांकन, निर्देशक तथा सम्पादन गरेका हुन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video