को हुन अशोक दर्जीलाई फिल्मको अफर गर्ने, के दिए अशोकले उनलाई जवाफ ?

काठमाडौं–
सानै उमेरमा निकै चर्चा कमाउन सफल बाल गायक अशोक दर्जीलाई नेपाली फिल्ममा अभिनयका लागि अफर आएको छ । केही दिन मलेसियाको कार्यक्रम सकेर नेपाल फर्केका अशोक दर्जीको पहिलो गीत नै ‘मन बिनाको धन’ सामजिक सञ्जालमा निकै भाइरल बन्न पुगेको छ । यो गीतले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ । यो गीत भाइरल भएसँगै अशोक नेपालकै नम्बर एक सेलिव्रेटी बन्न पुगेका छन् ।

अशोक दर्जीलाई फिल्म बाहेक धेरै जनाले गीत गाउनका लागि अफर गरिसकेका छन् । यतिबेला संगीतकार तथा गायक टंक बुढाथोकीले अशोकलाई अभिवावकत्व दिईरहेका छन् । उनै संगीतकार बुढाथोकीले अब अशोकले अध्ययनमा पनि ध्यान दिनुपर्ने भएकाले गीत गाउने समय त्यति नभएको प्रतिक्रिया दिएका छन् ।
फिल्मका कोही कोही निर्देशकले संगीतकार बुढाथोकीलाई प्रत्यक्ष भेटेर अशोकलाई लिएर फिल्म बनाउन चाहेको बताउने गरेको बुझिएको छ ।

संगीतकार बुढाथोकीलाई उदृत गर्दे स्रोतले बताए अनुसार ३/४ जना निर्देशक अशोककै कथामा फिल्म बनाउने इच्छामा रहेका छन् । यद्यपि, बुढाथोकीले अहिले समय भैनसकेको भन्दै सबैलाई फर्काउने गरेका छन् । अहिले अशोकको गायकीको असंख्य प्रशंसक छन् । उनी जहाँ जान्छन् त्यहाँ अचेल फ्यानको भीड लाग्न थालेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video