यस्तो देखिए महेन्द्रको आँखामा रीमा र मिलन(भिडियो)

काठमाडौं–
रेडियो नेपालका अंग्रेजी समाचारवाचक तथा लोकप्रिय गायक महेन्द्र रायमाझी आफ्नो नयाँ गीत ‘हेर यी आँखामा’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो ।

यूवा गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई युवा संगीतकार शंकर थापा स्माइलले संगीतबद्ध गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ । युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन । उक्त गीतको अडियो तथा भिडियोलाई डश म्युजिक प्रालिले प्रस्तुत गरेको हो ।
यस्तो छ भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video