मुनालाई पाउन रोमियोले कान काटेपछि यस्तो हंगामा (ट्रेलर)

काठमाडौं–
फिल्म ‘रोमियो एण्ड मुना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका शीर्ष पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको झगडा र प्रेमलाई महशुस गर्न सकिन्छ । प्रोमोको अन्तिममा मुनाको माया पाउँन रोमियोले आफ्नो कान काटेका छन् ।
ट्रेलर हेर्नुसः

‘रोमियो एण्ड मुना’लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले डाइङ क्यान्डल फिल्म निर्देशन गरेकाथिए, जसले निकै राम्रो प्रशंसा पाएको थियो ।

निर्देशक केसीको दोश्रो फिल्ममा विनय र सृष्टिसँगै सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकारहरुको अभिनय छ । प्रोमोमा सुस्मा टु पिसमा निकै बोल्ड रुपमा प्रस्तुत भएकी छिन् भने सुरक्षा र प्रज्जवलको केही झलक मात्रै छ ।
साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म रोमियो एण्ड मुना प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । विनय रेशम फिलिली र सृष्टि गाजलु पछि रोमियो एण्ड मुना मार्फत दर्शकमाझ आउन लागेका हुन् ।
यो पनि हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video