यस्तो बन्यो ‘पिरिम पर्या छन्’ को पोष्टर, प्रदर्शन मिति पनि तोकियो

काठमाडौं–
कमेडी फिल्म ‘पिरिम पर्या छन’ को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्र्टलुक पोष्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् । निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवाश मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको पोष्टरमा प्रमुख कलाकारलाई अटाइएको छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘पिरिम पर्या छन्’ बिमल ढकालले खिचेका हुन् । निर्देशक पुरनको नयाँ फिल्म फेरि फेरि निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो फिल्मभन्दा अघिनै पुरनले पिरिम पर्या छन् दर्शकमाझ ल्याउन लागेका हुन् । गाउँले परिवेशको समाजीक हाँस्य फिल्मका रुपमा बताइएको पिरिम पर्या छन्का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video