नेपाल र अमेरिकामा एकसाथ रिलिज हुँदै ‘रोमियो एण्ड मुना’

काठमाडौं–
विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ साउन ११ मा नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ । त्यहाँँको नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा ‘रोमियो एण्ड मुना’लाई रिलिज गर्न लागेको हो ।

नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’को अमेरिका राइट्स लिएका छन् । फिल्मको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि फिल्म बिक्री भएको निर्माता गोपालीको भनाई छ । युके, जापान र कतारमा पनि कुरा भैरहेको छ, निर्माता गोपाली भन्छन्, फिल्मको प्रोमो हेरेर उहाँहरु उत्साहित हुनु भएको छ ।नरेश कुमार केसी निर्देशक फिल्म रोमियो एण्ड मुनाको प्रोमो गत बिहिबार रिलिज भएको थियो । जुन प्रोमोलाई दर्शकले रुचाएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video