‘इन्टु मिन्टु लण्डनमा’ को टिजरमा एक–अर्काको तारिफ गर्दै साम्राज्ञी र धिरज (टिजर)

काठमाडौं–
रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को अफिसियल टीजर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको मुख्य भूमिका रहेको छ ।
लण्डनका विभिन्न रमणीय स्थानहरुमा खिचिएको फिल्मको टीजरमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।
साम्राज्ञी र धिरजको जोडी सुहाएको छ । टीजरमा दुवैले एकअर्काको तारिफ गरेर थाकेका छैनन् । गएको तीन दिनदेखि निर्माण टिमले टीजरको काउनडाउन भिडियो फेसबुकमा अपलोड गरिरहेको थियो, जुन नेपालको सन्दर्भमा पहिलो प्रयोग हो ।

सार्वजनिक टीजरले दर्शकमा फिल्मप्रति चासो र कौतुहलता जन्माएको छ । टिजर सार्वजनिक कार्यक्रममा साम्राज्ञीले ‘इन्टु मिन्टु लन्डनमा’ आफ्ना लागि विशेष फिल्म रहेको खुलासा समेत गरिन् । उनले फिल्मको कथा सुन्ने वितिक्कै सुटिङमा जान आतुर भएको भन्दै यो फिल्म आफूले अहिलेसम्म गरेका फिल्म भन्दा फरक रहेको जनाईन् ।

यस्तै, नव–नायक तथा चर्चित ब्लगर धिरज मगरले ‘इन्टु मिन्टु लण्डनमा’ आफूले खोजेको जस्तै फिल्म रहेको बताए । निर्देशक रेनाशाले आफ्नो निर्देशकिय पाटोमा कोरियोग्राफी हाबी नभएको दाबी गर्छिन् । उनी यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको प्रष्ट पारिन् ।

प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेको फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् । अभिमन्यु दिक्षित र रेनाशा दुबैजनाले लेखेको फिल्म आई कोर फिल्मस्को व्यानरमा निार्मण गरिएको हो । सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल फिल्मको सह–निर्माता रहेका छन् ।
आभास कर्माचार्यको संवाद रहेको फिल्ममा शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् । आगामी असोज ५ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।
टिजर हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video