किरण केसीको जन्मदिनमा रवि लामिछानेको यस्तो क्रेज, सिनेमाका सेलिव्रेटीको नै रविसँग सेल्फि खिच्न तछाडमछाड (भिडियो)

काठमाडौं–
यतिबेला सञ्चारकर्मी रवि लामिछाने नेपालका नम्बर वान सेलिव्रटीका रुपमा दर्ज भएका छन् । पानी पधेरो, चिया पसलदेखि संसद भवनसम्म केवल रविकै चर्चा–परिचर्चा सुन्न र देख्न पाईन्छ । एक टेलिभिजनमा ‘जनतासँग सिधा कुरा’ का प्रस्तोता रहेका रविको त्यो क्रेज आज कलाकार किरण केसीको जन्मदिन समारोहमा पनि देखियो । उनी नेपाली सिनेमाका कलाकार तथा नेपालको टप राजनीतिज्ञ भन्दा पनि उनको धेरै क्रेज देखिन्छ । सामाजिक सञ्जालमा रविको विरुद्ध कोही कसैले हत्तपत्त लेख्ने हिम्मत गर्दैन यदि गरिहालेमा पनि उ रविका फ्यानहरुको नराम्रो शिकार बन्ने गर्छ । कलाकार केसीको जन्मदिन समारोहमा पुगेका रविसँग सेल्फि खिच्न देशका मै हु भन्ने कलाकारहरुको समेत भिड लागेको थियो ।

जब, किरण केसीको जन्मदिन समारोहमा रवि झुल्किए किरण खुसीले गद गद भएका थिए । उनले आफ्नो यति प्यारो भाईलाई गाली गर्ने को हो ? भनेर प्रश्न समेत गरेका थिए । उनले रविलाई नेपाली आमाको सपुथ छोरा भनेर सम्बोधन गरेका थिए । किरणले दुषित दिमाग भएकाहरुले मात्रै रविलाई गाली गर्ने गरेको बताए । कलाकारहरु, राजाराम पौडेल, दीपकराज गिरी, रमेश उप्रेती लगायतले रविसँग हात मिलाएर स्वागत गरेका थिए । गेटदेखि जन्मदिन मनाइरहेको स्थानसम्म पुग्न रविलाई निकै सकस परेको थियो । उनको उपस्थिती कुनै चर्चित कलाकार भन्दा कमी थिएन ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video