‘वीराङ्गना’मा अनुप र शिल्पाले कसे लगनगाँठो (फोटोफिचर)

काठमाडौं–
असार २९ गतेबाट रिलिज हुने फिल्म ‘वीराङ्गना’मा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मूख्य भुमिका रहेको छ । यी दुबै शसस्त्र प्रहरीको भुमिका देखिएका छन् । तर, फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् ।

हालै फिल्मका निर्माण टिमले नायक अनुपविक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि फिल्म भित्रको मूख्य सिनको केही फोटो सार्वजनिक गरिएको छ ।फिल्म भित्र नायिका शिल्पा पोखरेल र नायक अनुपविक्रम शाही विवाह बन्धनमा बाँधिएकी छिन् ।

महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । महिला शसस्त्र शिल्पासँग अनुपको मिलन पछि विवाहको सिन राखिएको छ । उक्त सिन फिल्मको मूख्य पार्ट भएको बुझिएको छ । फिल्ममा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रर्व कोइराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास,श्यामबहादुर थापा, रघु परियार,देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ । फिल्मलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video