चलचित्र विकास बोर्डबाट पुरस्कृत चलचित्र ‘पंचायत’ अस्ट्रेलिया ,कतार र युएईमा प्रदर्शन हुँदै, संकलित रकम सामाजिक कार्यमा लगाउने तयारी

काठमाडौं–
शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पंचायत’ विश्वका विभिन्न देशमा प्रदर्शन हुने भएको छ । चलचित्र मकवानपुर जिल्लामा एम्बुलेन्स सेवा सुचारु गर्ने उद्देश्यसहित यो चलचित्र भोलि शुक्रबार यानेकि अगस्ट ३ मा कतारमा प्रदर्शन हुदैछ । उक्त प्रदर्शन मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा हुन लागेको बताईएको छ । सो प्रदर्शन बाट संकलित रकम मकवानपुरमा एम्बुलेन्स सेवा संचालनमा सहयोग गरिने चलचित्रका निर्माता सुसान्त कुमार श्रेष्ठले जनाए । ग्रान्ड मल सँगै रहेको एसियन टाउन सिनेमा हलमा शुक्रबार बेलुका चलचित्रको प्रदर्शन गरिनेछ । यतिबेला निर्माता सुसान्त कुमार श्रेष्ठ ३ चलचित्रको प्रदर्शन गर्न को लागि भन्दै कतार पुगेका छन् । त्यस्तै, अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा पनि चलचित्र ‘पंचायत’को प्रदर्शन हुदैछ ।

चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीका अनुसार अस्ट्रेलियाको प्रदर्शन बाट उठेको रकम मध्ये केही रकम सामाजिक कार्यमा लगाउने तयारी गरिएको छ । बिभुसन जोशी र दिनेश पोखरेलले अस्ट्रेलियामा चलचित्र प्रदर्शनको जिम्मेवारी लिएका छन् । अस्ट्रेलियामा अगस्ट १२ आईतबार बेलुका ६ बजे सिभिक थिएटर हस्र्टभिली (Civic Theatre Hurstville ,Sydney) मा चलचित्रको प्रदर्शन हुदैछ । चेपाङ बालबालिकाहरुको सहयोगार्थ चलचित्र ‘पंचायत’ युएईको विभिन्न सहरमा पनि प्रदर्शन गर्न लागिएको छ । चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २० ,२१ र २२मा युएईको अल एन ,दुबई र अबुधाबीमा बिशेष प्रदर्शन हुदैछ । युएईको प्रदर्शन बाट उठेको पैसा चितवनमा रहेको चेपाङ बालबालिकाहरुलाई लागि कार्य गर्दै आएको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने चितवन समाज युएईका महासचिब तथा संचारकर्मी रमेश क्षितिजले जानकारी गराए । युएईमा चलचित्र प्रदर्शनका लागि कलाकार सरोज खनाल र चलचित्रका निर्माता तथा संचारकर्मी रबि अधिकारी उपस्थिति रहने समेत क्षितिजको भनाई छ । गणेश गिरीको प्रस्तुती रहेको यो चलचित्र सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रको विपिन मल्लले सम्पादन गरेका हुन्
नेपालमा यसअघि प्रदर्शन भैसकेको चलचित्रले सर्वसाधारणदेखि राजनीतिज्ञसम्मको मन जित्न सफल भएको थियो । चलचित्र विकास बोर्ड बाट गत बर्ष प्रदर्शनमा आएको चलचित्रहरु मध्ये बिशेष चलचित्र सहित नगद २ लाख पुरस्कार जित्न समेत यो चलचित्र सफल भएको थियो । त्यस्तै अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को सहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पंचायत’ले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको अवार्ड हात पारेको थियो । त्यति मात्रै होईन यस चलचित्रकी नायिका निता ढुंगानाले उत्कृष्ट नायिकाको अवार्ड जित्न समेत सफल भएकी थिईन् । नायिका ढुंगानाले ‘दशौ डी सिने अवार्ड २०७५’मा ‘पंचायत’बाट नै उत्कृष्ट नायिकको अवार्ड जित्न सफल भएकी थिईन् । यो चलचित्र यसअघि नेपाल अमेरिका, जापान लागतका ठाँउमा प्रदर्शन मा आईसकेको छ । ‘पंचायत’लाई हेरेका दर्शकबाट निकै राम्रो तारिफ र प्रशंसा आएको थियो । मुख्यतया नायिका नीता ढुंगानाको अभिनयको धरैले तारिफ गरेका थिए । ‘पंचायत’मा सरोज खनाल र निता ढुङ्गानाको लिड रोल रहेको छ । चलचित्रमा खनाल, ढुंगानाका साथमा रुपा राना, जाहान्वी बस्नेत, गिता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video