रोमान्टिक प्रेम कथाले भरिपूर्ण ‘रामकहानी’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं–
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा स्टारर ‘रामकहानी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि ‘तिम्रो लागि म छु’ बोलको गीत रिलिज भएसँगै फिल्मको चर्चा ह्वात्तै बढेको थियो । सार्वजनिक ट्रेलर रोमान्टिक प्रेम कथाले भरिपूर्ण रहेको छ । मल्टिस्टारले भरिएको यो फिल्ममा प्रेम, मिलन, विछोड, रोदन, कमेडी, थ्रिल सबै किसिमका खुराक ट्रेलरमा देख्न सकिन्छ । सुदर्शन थापा निर्देशित यो फिल्म धेरैका लागि निकै प्रतिक्षित फिल्म हो । यसअघि ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ जस्ता फिल्म निर्देशन गरिसकेका थापाको यो फिल्मको पनि ब्यग्र प्रतिक्षा गरिएको छ ।

‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा पनि प्रमुख भूमिकामा छन् । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका राम्रो फिल्म बनेको ट्रेलरले संकेत दिएको छ । कार्यक्रममा बोल्दै निर्देशक थापाले ‘रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको बताए । फिल्मको कथा स्वयम् निर्देशक थापाले लेखेका हुन् । सौरभ लामाले खिचेको फिल्ममा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
ट्रेलर हेर्नुसः

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video