निर्जलाको ‘भाले मोटर’ मा कभर भिडियो प्रतियोगीता हुने

काठमाडौं–
निर्जला फिल्ममा समाबेश भाले मोटर बोलको गीतको कभर भिडियो प्रतियोगीता घोषणा गरिएको छ । राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको निर्जलाको सो गीत मंगलबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको थियो ।
साइराम पिक्चर्सको युट्युवमार्फत बिहीबार दर्शकमाझ ल्याइएको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माले डान्स गरेका छन् । भाले मोटर सलिलसुन्दर तुलाधर र सवनम आचार्यले गाएका हुन् । बाबुल गिरीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी क्रान्ति केसीले गरेका छन् ।
असोज १९ गते प्रदर्शन हुने फिल्मको सो गीतको कभर भिडियो भदौ दोस्रो सातासम्म साइराम पिक्चर्सको इमेलमा पठाउनु पर्ने प्राबधान राखीएको छ । निर्माता प्रकाशचन्द्रले प्राप्त भिडियोहरु मध्ये प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ र दोश्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् । कभर भिडियोका बिजेतलाई आफूले निर्माण गर्ने नयाँ फिल्ममा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले बताएका छन् । ब्यापारिक क्षेत्रमा आफ्नो बेग्लै स्थान बनाएका निर्माता प्रकाशचन्द्र निर्जलाबाट फिल्म उद्योगमा पनि जम्ने दाउमा छन् । उनले प्रेसमिटमा अब आफू निरन्तर फिल्म निर्माणमा लाग्ने बताएका थिए ।
गाउँले परिबेशको कथामा निर्माण गरिएको निर्जलामा किशार, शुभेच्छा, निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अन्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीले अभिनय गरेका छन् । निर्देशक गिरीले आफूहरुले दशैको अबसर पारेर दर्शकलाई उपहार स्वरुप निर्जला पस्किन लागेको बताएका छन् । कार्यक्रममा फिल्मका संगीतकार तथा गायक बाबुलले निर्जलाको शीर्ष गीत, दशै गीत र भाले मोटर पनि गाएका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video