फ्राईडे रिलिज अन्तर्गत ‘कायरा’ र ‘झमक बहादुर’को भिडन्त, आर्यनलाई शाख फर्काउने चटारो लाग्दा अनुपलाई जोगाउनुमै तनाव

काठमाडौं–
फ्राईडे रिलिज अन्तर्गत आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी स्टारर ‘कायरा’ तथा अनुप विक्रम शाही स्टारर ‘झमक बहादुर’ प्रदर्शनमा आएका हुन् । नेपाली फिल्म उद्योगमा चक्लेटी नायकको दर्जा पाएका आर्यन लामो समयको अन्तरालपछि फेरि ‘कायरा’ मार्फत दर्शक सामू आएका हुन् । लगभग करिअरनै छेउ लाग्न थालेका आर्यन ‘कायरा’ मार्फत पुनः आफ्नो शाख फर्काउने तयारीमा जुटेका छन् । उनले पहिलोपटक यतिबेलाकी हट नायिका साम्राज्ञीसँग स्कृनसेयर गरेका छन् ।
पछिल्लो समय नेपाली सिनेउद्योगमा यो जोडीको चर्चा पनि उत्कर्षमा पुगेको छ । यसअघि प्रदर्शनमा भैसकेका ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ सफल्ताले दर्शकमाझ उनको क्रेज उम्दा छ ।

कुनै समय थियो जतिबेला आर्यनको फिल्म नेपाली हलहलमा नलागेको दिन हुँदैनथ्यो । उनको क्रेज पनि निकै चर्को थियो । ‘किस्मत’, ‘कसले चोर्‍यो मेरो मन’, ‘नोभेम्बर’, ‘क्लासिक’, ‘मेरो एउटा साथी छ’ जस्ता सफल फिल्म आर्यनकै कारण हिट बनेका थिए । उनलाई समेटेर फिल्म निर्माता निर्देशकको लाईन लाग्ने गर्थ्यो ।
त्यतिबेला आर्यनले फिल्मको गुणस्तर चिन्न नसक्दा आफ्नो क्रेज समेत जोगाउन सकेकनन् । त्यसैले यतिबेला उनी आफ्नो गुमेको शाख फर्काउन ‘कायरा’ मार्फत कम्मर कसेर लागेका छन् । उनले यो चुनौती पार गर्न सक्छन या सक्दैनन् त्यसको लागि अझै केही दिन कुर्नुपर्ने हुन्छ ।
चकलेटी अनुहारका धनी नायक आर्यन र अहिलेकी हटकेक साम्राज्ञीको जोडी बाँधिएदेखि नै दर्शकको लागि यो फिल्म व्यग्र प्रतिक्षित बनेको थियो । गीतसंगीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

मल्टिप्लेक्समा उच्च शोज पाएको यो फिल्मले देशभरका ८० हलमा आफ्नो वर्चश्व जमाएको छ । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ ।

मल्टिप्लेक्समा एक्लै भएपनि सिंगल थिएटरमा ‘कायरा’ को भिडन्त अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘झमक बहादुर’ सँग परेको छ । ‘झमक बहादुर’ ले प्रदर्शनमा आउदासम्म निकै चुनौती पार गर्दै आएको छ । कहिले सेन्सरले तनाव दिने त कहिले दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपीको आरोप यो फिल्मले खेपेको छ । पहिलो ट्रेलर सार्वजनिक भएपछि यो फिल्मलाई यस्ता आरोप लागेका हुन् ।
सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ । भोमन कटुवाल निर्देशित तथा मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ मा यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video