जब, उमेशले मलाई मेरै डल्ली चाहिन्छ भने, कविताले देखाईन यस्तो मर्माहत दृश्य, थामिएनन् कसैका आँखा (भिडियो)

काठमाडौं–
प्रदर्शनरत फिल्म ‘बोबी’ ले ग्राण्ड सक्सेसको अवसरमा राजधानीमा ‘ग्राण्ड सक्सेस पार्टी’को आयोजना गरेको छ । मिलन चाम्स निर्देशित ‘बोबी’ सत्य प्रेमकहानीमा आधारित फिल्म मात्रै होईन यो फिल्ममा वास्तविक प्रेमी–प्रमिकाको जोडीले अभिनय गरेकाले पनि यो फिल्मको निकै चर्चा चलेको छ यतिबेला । उमेश थापा र कविता गुरुङले प्रेमजोडीको रुपमा फिल्ममा अभिनय गरेका छन् । उनीहरुले फिल्ममा खेलेको अभिनयलाई धेरैले प्रशंसा गरेका छन् । यसकारण पनि यो फिल्मको अझै चर्चा छ कि फिल्मकम मुख्य कलाकार उमेश र कविता व्यावसायिक कलाकार होईनन् ।

ग्राण्ड सक्सेस पार्टीमा फिल्म निर्माण टिमसँग कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त जमघटमा उमेश र कविताको प्रेममय भावका कुराकानी तथा फिल्मको सफल्ताले धेरैको आाखा समेत रसाएका थिए । जब, उमेशले मलाई हिँउ जस्तो माया होइन मलाई मेरी डल्ली चाहिन्छ भने कविताले आफ्नो रुवाईलाई रोक्न सकिनन् । त्यसपछि कार्यक्रममा उपस्थित सबैजनाले आफ्नो आँशु रोक्न सकेनन् । पूर्व मिस नेपाल रबी राणादेखि धेरै कलाकारले आँशु बगाएका थिए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video