‘कायरा’को व्यापार आक्रामक बन्दै, दर्शकको उपस्थिति उच्च

काठमाडौं–
आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी स्टारर ‘कायरा’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । करिब चार महिना यता नेपाली सिनेमाले उल्लेख्य व्यापार गर्न सकेका छैनन् । बैशाखदेखि साउनसम्म रिलिज भएका फिल्मले खासै आशा लाग्ने व्यापार गरेको देखिदैन । यद्यपि, शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कायरा’ले यो निकै राम्रो व्यापार गर्न सुरुवात भएको देखिएको छ । गतवर्ष प्रदर्शमा आएको सिनेमा ‘रुद्रप्रिया’ पछि पर्दामा नदेखिएका आर्यन सिग्देल र अहिलेकी हटकेक नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको सिनेमा ‘कायरा’ले देशभरबाट सुखद अकुपेन्सी प्राप्त गरेका छ ।

देशैभर वितरणको जिम्मा लिएका सुनील मानन्धरले सिनेमाको ‘फर्स्ट डे’ अकुपेन्सी सुखद रहेको बताए । शुक्रवार बिहानदेखि साँझसम्म ‘कायरा’ को अकुपेन्सी ६० प्रतिशतको आसपास छ । सिंगलभन्दा फिल्म हेर्न मल्टिप्लेक्समा दर्शक ओहिरिएका छन् ।’, मानन्धर भन्छन् । वितरक मानन्धर शनिवार सिनेमाको अकुपेन्सी शतप्रतिशत हुनेमा विश्वस्त देखिए । शनिबार बिहानै देखि परेको पानीले सिनेमाको विजनेसमा केहि प्रभाव पारे पनि दर्शकको राम्रो उपस्थीती रहेको छ । पानीका वाबजुद पनि शनिबारको बिहानी शोमा देशभरका सिनेमा हलमा ९० प्रतिशत अकुपेन्सी रहेको सुनाए ।

निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बनेको ‘कायरा’ लभस्टोरी फिल्म मन पराउने दर्शकका लागि अब्बल फिल्म रहेको प्रतिक्रिया आइरहेका छन् । मल्टिप्लेक्समा उच्च शोज पाएको ‘कायरा’ ले देशभरका करीब ८० बढी हल पाएको छ । वितरक मानन्धरका अनुसार, शुक्रवार राजधानी भित्र र बाहिरका सबै हल हाउसफुल नभए पनि दर्शकको उपस्थिति राम्रो रहेको छ ।
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा शिवराम श्रेष्ठले छायांकानको भूमिका निभाएका छन् । कार्यकारी निर्माता राजकुमार भट्ट रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह–निर्माता रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video