अन्तरवार्ता दिने क्रममा भिजेसँगै मस्किए ‘माग्नेबुढा’ (भिडियो)

काठमाडौं–
यतिबेला फिल्म ‘रामकहानी’ फिल्मको सर्वत्र चर्चा–परिचर्चा चलिरहेको छ । फिल्म रामकहानीका कलाकार यतिबेला फिल्म प्रमोशनका लागि अग्रसर रहेका छन् । उनीहरु सबै कुरा छाडेर सञ्चारमाध्यामलाई अन्तरवार्ता दिन तथा फिल्मको क्याम्पियनमै व्यस्त रहेका छन् । निर्देशक सुदर्शन थापा र केदार घिमिरे ‘माग्नेबुढा’ सँगै अन्तरवार्तामा सहभागी थिए । त्यतिबेला माग्नेबुढाले निकै रोमान्टिक मुडमा अन्तरवार्ता तथा फिल्म ‘रामकहानी’ का बारेमा बयान गरेका थिए ।

उनले अन्तरवार्ता दिदा दिदा उत्तर नै रेडिमेड भैसेको बताए । त्यस्तै, रामकहानीको अन्तरवार्ता दिने क्रममा माग्ने बुढा भिजे सृष्टीसँगै मस्किन पुगेका थिए । त्यस्तै, निर्देशक थापाले ट्रेलर हेरेपछि दर्शक तथा सञ्चारकर्मीले निकै मन पराएको तथा सामाजिक सञ्जालमा पनि निकै राम्रो प्रतिकिृया दिईरहेको बताए । अन्तरवार्तामै माग्नेबुढाले भिजेसँगै रोमान्टिक गफ गर्नमै मस्त देखिएका थिए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video