शनिवार ‘कायरा’को अकुपेन्सी शतप्रशित, जब, आर्यन र साम्राज्ञी करोड क्लब पुगे दर्शकको मायाले खुशीको सिमै रहेन (भिडियो)

काठमाडौं–
शुक्रवारदेखि प्रदर्शनमा आएको आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी स्टारर फिल्म ‘कायरा’ को शनिवारको व्यापार निकै आक्रामक देखिएको छ । उपत्यका लगायकतका हलहरु हाउसफुल चलेका छन् । फिल्मको ओपनिङ अकुपेन्सी ६० प्रतिशत थियो । शुक्रवारभन्दा फिल्मको कलेक्सन ग्राफ शनिवार निकै उकालो लागेको छ ।

शनिवार बिहान ६५ प्रतिशत रहेपनि ‘कायरा’ ले दिउँसोदेखि साँझसम्म शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । बिहान पानीका कारण सिंगल थिएटरमा दर्शकको उपस्थिति न्यून रहे पनि मल्टिप्लेक्समा राम्रो थियो ।

विशेषतः यो फिल्मलाई युवा वर्गका दर्शकले रुचाएका छन् । आर्यन र साम्राज्ञीको जोडीको तारिफ भएको छ । फिल्म हेर्न हल पुग्नेहरु १६/२० वर्ष उमेर समुहका बढी छन् ।

आर्यन र साम्राज्ञी शनिवार उपत्यकाका धेरै सिनेमा हलहरुमा पुगेक थिए । काठमाडौंको अष्टनारायण हलमा पुगेको यो कपलसँग सेल्फि खिच्नेको भिड लागेको थियो । अष्टनारायणको हजार सिट संख्याको हल दिउँसो २ बजे हाउसफुल भएको थियो ।

मध्यान्तरपछि अष्टनारायण छिरेका आर्यन र साम्राज्ञीले फिल्म नै रोकेर दर्शकलाई अभिवादन गरे भने फिल्म रुचाइदिएकोमा धन्यवाद दिएका थिए । अभिनेता–अभिनेत्री फिल्म हेर्ने दर्शकको उपस्थिति देखेर दंग देखिन्थे ।

शनिवार दिउँसोदेखि साँझसम्म काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा फिल्मले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले फिल्म हेरे । राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल रहे । दिउँसो दर्शक प्रतिक्रिया बुझ्न अष्टनारायण पुगेका उनले भने, ुराजधानी भित्र र बाहिरका हलमा दर्शक अभाव छैन । कति त टिकट नपाएर घर समेत फर्किए । नेपाली फिल्मप्रति दर्शकको यस्तो क्रेज निकै कम देख्न पाइन्छ । मुसालधारे पानीका बाबजुद् पनि दर्शकहरु फिल्म हेर्न हल पुगिरहेका छन् ।ु उनले फिल्मको दुई दिने कलेक्सन करोड माथि हुने बताए ।

फिल्मका निर्माता समेत रहेका अभिनेता आर्यन सिग्देलले दर्शकको साथ र मायाबाट आफू प्रफुलित भएको सुनाए । उनले भने, ‘ओपनिङदेखि नै पानी परिरहेको छ । तर दर्शकले पानीलाई पनि मात दिएर हलसम्म गएर फिल्म हेरिरहनु भएको छ, त्यो हाम्रो लागि खुसीको कुरा हो ।’ उनले आफ्नो र साम्राज्ञीको केमेस्टी रुचाइदिएकोमा पनि दर्शकलाई धन्यवाद दिए ।

अभिनेत्री साम्राज्ञी फिल्मलाई मिलेको सुखद प्रतिक्रियाबाट उत्साहित भएको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो मिहिनेत कस्तो होला भन्ने खुब डर थियो । दर्शकले राम्रो भन्दा मन फुरुङ्ग भएको छ ।’ हलमा उनीसँग सेल्फी खिच्नका लागि दर्शकबीच नै हानाथाप भएको थियो । साम्राज्ञीसँग सेल्फी खिच्नकै लागि बिहानैदेखि गोपी र अष्टनारायण हलमा सयौं युवती फ्यानहरु कुरेर बसेका थिए ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video