देशकै चर्चित कलाकारको माझ यसरी मनाए सिने पत्रकार सुवेदीले आफ्नो जन्मदिन, फिल्म ‘वकम्फुसे राजा’ निर्माणको घोषणा (भिडियो)

काठमाडौं–
चर्चित सिने पत्रकार तथा ‘रजतपट’ कार्यक्रमका सञ्चालक प्रकाश सुवेदीले आफ्नो जन्मदिन भव्यरुपले मनाएका छन् । पत्रकार सुवेदीको जन्मदिन समारोहमा देशका सबै चर्चित कलाकारदेखि सञ्चारकर्मीसम्मको बाक्लो उपस्थिति रहेको थियो । कलाकार हरिवंश आचार्य दीपाश्री निरौला र रेखा थापाले उपस्थित चर्चित कलाकारहरुलाई पत्रकार सुवेदीको जन्मदिनको सेलिव्रेसन गर्न स्टेजमै बोलाएका थिए । कलाकारहरु भुवन केसी, सरोज खनाल, सुनिल थापा लगायत पूरानादेखि नयाँसम्मका अधिकांश फिल्मी कलाकाहरुको जमघट समेत देखिन्थ्यो ।

उपस्थित कलाकारहरुले पत्रकार सुवेदीलाई उपहार तथा जन्मदिनको शुभकामना समेत व्यक्त गरेका थिए । जन्मदिन समारोहमा विभिन्न पुस्ताका कलाकारदेखि सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । जन्मदिन मनाईरहेका पत्रकार सुवेदीले आफ्नो जन्मदिन समारोहमा उपस्थित भएकाहरुलाई सम्बोधन मार्फत स्वागत गरेका थिए । उनले आफ्ना विगतका आफ्ना संघर्षपूर्ण दिनहरुलाई समेत स्मरण गरेका थिए । पत्रकार सुवेदीले आफ्नो जन्मदिनको अवसर पारेर अनलाइन न्युज पोर्टल तथा यूट्युव च्यानलको समेत शुभारम्व गरेको घोषणा गरेका छन् । त्यस्तै, उनले ‘वकम्फुसे राजा’ नामक फिल्मको घोषणा समेत गरेका छन् । उनले यो फिल्मले सबैलाई रमाईलो दिने र कहि कतै बोर नहुने उदघोष् समेत गरेका छन् । फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा केही समयपछि घोषणा गर्ने जानकारी गराए । यद्यपि, संगीतकार अर्जुन पोखरेल लगायत केही प्राविधिकको भने उनले नाम घोषणा गरेका थिए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video